ऐश्वर्या-अमिताभ बच्चन एकसाथ देखिए , बच्चन परिवार पुग्यो आराध्याको स्कुल

मुम्बई , ३० मंशिर । सुपरस्टार ऐश्वर्या राय बच्चनको नाम यतिबेला चर्चाको विषय बनेको छ ।

पछिल्ला केही दिनदेखि ऐश र बच्चन परिवारबीचको खललको खबरले बलिउड तातेको छ । तर यस बीचमा अभिनेत्रीलाई उनका ससुरा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनसँग देख्न पाइएको छ ।

 

यसरी सामाजिक सञ्जालमा बिग बी, अभिषेक बच्चन र ऐशको पछिल्लो भिडियो सार्वजनिक भएको छ, जसमा बच्चन परिवारका यी सदस्यहरु आराध्या बच्चनको स्कूल समारोहमा सँगै देखिएका छन् ।

 

बी-टाउन अभिनेत्रीका रूपमा ऐश्वर्या रायको नाम जति चर्चित छ, बच्चन परिवारकी बुहारीका रूपमा ऐशको छुट्टै पहिचान छ । केही दिनयता बच्चन परिवार र ऐश्वर्या राईबीच सबै कुरा राम्ररी चलिरहेको छैन भनेर कतिपयले अनुमान गरिरहेका छन् ।

 

तर, अहिले अमिताभ बच्चनसँग ऐशको उपस्थितिले यी सबै विवादको हल्लालाई अन्त्य गरेको देखिन्छ । इन्स्ट्यान्ट बलिउडले इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेको यो भिडियोमा ऐश, अभिषेक बच्चन र बिग बी सँगै देखिएका छन् ।

 

यस भिडियोमा अमिताभका नाति र अभिनेता अगस्ट नंदा पनि उनीसँगै देखिएका छन् । वास्तवमा, यो भिडियो आराध्या बच्चनको स्कूल धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिकोत्सव दिनको हो, जसमा बच्चन परिवारका यी तीन सदस्य एकसाथ देखिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्