वेस्ट बैंकमा इजरायलद्दारा ३३९० जना प्यालेस्टाइनी पक्राउ

गाजा, १५ मंशिर । वेस्ट बैंकबाट इजरायलले ३३९० जना प्यालेस्टाइनीलाइ पक्राउ गरेको छ ।

 

इजरायली सेनाले गत अक्टोबर ७ मा हमासको आक्रमण पछि कब्जा गरिएको वेस्ट बैंकमा छापा मारेर ३, ३९० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको हो ।

 

प्यालेस्टिनी कैदी समाज र नजरबन्दी मामिला आयोगले एक संयुक्त वक्तव्य जारी गरी यो जानकारी दिएको हो । उनीहरूका अनुसार यो संख्यामा रातारात इजरायली छापा मारेर पक्राउ परेकाहरूलाई समावेश गरिएको छैन।

 

गत बुधवार र बिहीबार मात्रै कम्तिमा ४० जना प्यालेस्टाइनीलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

 

सो समूहका अनुसार सो क्रममा इजरायली सेनाहरूले व्यापक यातना र क्रूर कुटपिटको कार्य गरेको छ, साथै वेस्ट बैंकमा प्यालेस्टिनीहरूको घरहरू तोडफोड र विनाश गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्