इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

जेरूसेलम, १४ मंशिर । जेरुसेलममा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

 

जेरुसेलममा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको हो ।

 

सो गोली हानाहानमा १६ जना घाइते भएको र तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीद्वारा गरिएको प्रारम्भिक अनुसन्धानले संकेत गरेको छ कि दुई बन्दुकधारी, एक एफ १६ राइफल र एक ह्यान्डगनसँग जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा आइपुगेका थिए ।

 

जहाँ तिनीहरूले नागरिकहरूलाई अन्धाधुन्द गोली हान्न थाले । जसको जवाफी कारबाहीमा आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको इजरायली प्रहरीले जनाएको छ ।

 

उनीहरुको कारभित्र गोली र हतियार फेला परेको पनि प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्