साढे ९१ केजी गाँजासहित ३ जना पक्राउ

बझाङ, १२ मंसिर । खप्तडछान्ना गाउँपालिका-७ गोर्खाली बस्ने ६४ वर्षीय खडक खड्काको घरबाट अवैध लागूऔषध गाँजा ९१ केजी ५ सय १५ ग्रामसहित खड्का समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य २ जनामा गोरखा अजिरकोट गाउँपालिका-२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका-९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्