पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

PHOTO : The Himalayan Times

काठमाडाै‌ं, १२ मंसिर । यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ। २४ वर्ष अगाडि सुरु भएको यो महोत्सवको २५औं श्रृङ्खला पौषको १२ गतेदेखि १६ गतेसम्म आयोजना हुनेछ।

‘सडक मै खाऊ सडकमै रमाऊ’ भन्ने उद्देश्यका साथ यो महोत्सवको आयोजना गर्न लागिएको हो। यसपटक गतवर्षको भन्दा फरकपनाको साथमा महोत्सव आयोजना हुने रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान)ले जनाएको छ।

यसपटक सडक महोत्सवले रजत जयन्तीसमेत मनाउँदैछ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विश्वराज पौडेलले भने,‘सडक महोत्सवले पोखरामा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको छ।’

पोखरामा यही महोत्सवलाई लक्षित गर्दै होटलका ४० हजार कोठा बुक हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा पौडेलले भने,‘यो मेला महोत्सव मात्र होइन, यसले हाम्रो कला तथा संस्कृतिलाई जगेर्ना समेत गर्ने काम गर्छ।’

आयोजकले ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने विश्वास लिएको छ। यसपटक पनि सांकृतिक कार्यक्रम, मौलिक संस्कृतिको प्रदर्शनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना, कन्सर्ट तथा वृत्तचित्र प्रदर्शनी, खेलकुदको कार्यक्रम गरिने आयोजकले बताएको छ।

पर्यटकलाई सुपथ मूल्यमा बसोवासका लागि होटल एसोसिएसनसँग समन्वय गरेर २० प्रतिशत छुट दिने तयारी समेत गरिएको रेवानले जनाएको छ। ५ दिनसम्म चल्ने यो महोत्सव पोखराको लेक साइडको फिस्टेल गेटदेखि गैराको चौतारासम्म हुँदै जरेबसम्म हुनेछ।

महोत्सवमा सांकृतिक कार्यक्रम समेत भव्य रुपमा आयोजना हुँदै आएको छ। कार्यक्रममा नेपालका चर्चित गायक–गायिका तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिँदै आएका छन्। पार्कमा आयोजना हुने साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको संयोजन ‘स्वर्णिम इन्टरटेन्मेन्ट र एड साथी’ले गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्