गाजामा शोक र उदासीले जरा गाडेको छ : युनिसेफ

काठमाडौं, १२ मंसिर । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा शोक र उदासीले जरा गाडेको बताएका छन् ।

 

‘पूर्वाधारको विनाशबाट मानिसहरू आफ्नो घर छोडेर भाग्नुपरेको छ । जसले गाजा क्षेत्रका मानिसलाई  निराश अवस्थामा लगेको,’ एन्क्लेभको भ्रमण गरेपछि उनले भने, ‘अपार्टमेन्ट ब्लक, जमिनमा ध्वस्त भग्नावशेष, कंक्रीट, उडेका कारहरू मात्र देखेँ, शोक र उदासीले गाजामा जरा गाडेको छ ।’

साथै युद्धग्रस्त अवस्थाले बालबालिकाहरु अध्ययनबाट बन्चित हुनुपरेको भन्दै उनले भने, ‘यो युद्ध क्षेत्र हो, हजारौं बालबालिकाहरू छन्, जो स्कूलमा छैनन्, जो धेरै भीडभाड शिविरमा छन् । उनीहरु चिसोमाम छन्, जोसँग पर्याप्त खाना छैन, पर्याप्त पानी छैन, जो अहिले जोखिममा छन्। रोगको प्रकोपको जोखिममा छन् ।’

 

गाजा पट्टीमा ६ हजारभन्दा बढी बालबालिकासहित लगभग १५ हजार मारिएका छन् ।

 

गत ७ अक्टोबरमा हमामले इजरायलमाथि आक्रमण गरेसँगै युद्धको अवस्था सृजना भएको हो भने हाल इजरायलले अस्थायी युद्धविराम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्