उत्तरी गाजाका २४ मध्ये ४ अस्पताल मात्रै सञ्चालनमाः संयुक्त राष्ट्र

गाजा, ११ मंशिर । उत्तरी गाजामा हाल ४ अस्पताल मात्रै सञ्चालनमा रहेका छन् ।

 

युद्धअघि उत्तरी गाजामा सञ्चालनमा रहेका २४ अस्पतालमध्ये चारवटा मात्रै सञ्चालित रहेका हुन ।

 

संयुक्त राष्ट्रसंघीय निकाय ओसीएचएका अनुसार ४ अस्पतालले मात्रै बिरामीको उपचार गराइरहेको र उनीहरू पनि संकटमा रहेको जनाएको छ।

 

जसअनुसार गाजाका अस्पतालहरूको शैयाको क्षमता युद्ध अघिको ३,५०० बाट घटेर हाल १,४०० मा सिमित भएको छ ।

 

यसैगरी, दक्षिणमा रहेका ११ वटा मेडिकल सुविधाहरूमध्ये ८ हाल सञ्चालनमा रहेको राष्ट्र संघले जनाएको छ ।

 

तर, अस्पतालमा उपचार खोज्नेहरूको संख्या भने बढ्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ।

 

उता, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार दक्षिणमा हाल कार्यरत अस्पतालहरू मध्ये एउटा मात्रै गम्भीर आघातका बिरामीहरूको उपचार गर्ने वा जटिल शल्यक्रिया गर्ने क्षमता राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्