भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद, ११ मंशिर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् ।

 

हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् ।

 

महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई सचेत गराउन र महबुबनगरलाई पलामुरुको रूपमा पुनः स्थापना गर्न तेलंगाना आएकोसमेत बताए ।

 

तेलंगनाको कुमारम भीम आसिफाबाद जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथले तेलंगानामा बीजेपी सत्तामा आएमा भने हैदराबादको नाम बदलेर भाग्यनगर राख्ने प्रतिबद्धता जनाएका छन् ।

 

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि तेलंगानामा सत्तामा आएको ३० मिनेटभित्र भाजपाले हैदरावादको नाम परिवर्तन गरेर भाग्यनगर गर्ने बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्