पेरिसको आप्रावसी बस्ने भवनमा आगलागी, तीनको मृत्यु

पेरिस, १० मंशिर । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ ।

 

भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक बालकसहित ८ जना गम्भीर घाइते भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ ।

 

पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

 

पेरिसका प्रहरी अधिकारीका अनुसार मृत्यु हुने तीनै महिला हाइटीका थिए । ती मध्ये एक महिला भवनको तेस्रो तल्लामा भाडामा लिने थिइन्। उनीसँगै उनकी बहिनी र साथी पनि थिइन्, जो बेलुकाको खानापछि त्यहीँ बसेका थिए । आगलागीको सूचना पाएर दमकलका २४ वटा गाडी घटनास्थलमा पुगेका थिए ।

 

भवनमा आगो लागेपछि उद्धार कार्यमा दमकलका कर्मचारीले निकै मिहिनेत गर्नुपरेको थियो । यस अवधिमा तीनै महिलाको शव फेला पार्न रातभरी लागेको थियो । अधिकारीका अनुसार आगलागीका कारण ६ वर्षीय बालक गम्भीर घाइते भएका छन् । उनी पहिलो तल्लामा आफ्ना आमाबुवा र दुई वर्षकी बहिनीसँग बस्थे।

 

२४ दमकल र ८८ फायर फाइटरहरूले आगो नियन्त्रण गर्न कडा मेहनत गर्नुपरेको थियो र एक फायर फाइटर सामान्य घाइते भएका थिए। यस क्रममा भवनमा रहेका अन्य व्यक्तिलाई बाहिर निकालेर खेलकुद हलमा आश्रय दिइएको थियो ।

 

पेरिस शहरका मेयर अजेदिन तैबीका अनुसार भवन मर्मत गर्नुपर्ने थियो। यसका लागि भवनमा बस्ने करिब १५ जनालाई आगामी बुधबार अस्थायी आवासमा सारिने भएको छ । यसबाहेक भवन भत्किने नभए पनि यसमा धेरै किसिमका काम गर्नुपर्ने स्थानीय पार्षदले बताए । यद्यपी यस क्रममा आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्