७५० घरपरिवारलाई दुई लाख ६० हजार बराबरको सामग्री वितरण

सुशील सुवेदी

सिन्धुपाल्चोक – कोरोना भाइरसको महामारीबाट बच्न तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिले सरसफाईका विभिन्न सामग्री वितरण गरेको छ ।

भोटेकोसी गाउँपालिका वडा नं. २ को कोदारी, चौकीडाँडा, नादुङ, लिपिङ, वडा नं. ४ को पाङ्सेर्पु, ज्याङबाडाँडा, ओखरबोटे, फुल्पिङकट्टी, नादोखर्क, टाकपसा, सेलाङकट्टी, बापागाउँ, बोलाङचेलगायत गाउँमा सरसफाईजन्य सामग्री वितरण गरिएको तमु ह्युल छ्योजा दि गुरुङ राष्ट्रिय परिषद् भोटेकोसी समितिका अध्यक्ष हेमबहादुर गुरुङले बताए ।

ती गाउँका ७ सय ५० घरपरिवारलाई दुई लाख ६० हजार बराबरको सामग्री वितरण गरिएको हो । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने १ हजार ४ सय ८० थान भिटामिन सी, ७ सय थान सानिटाइजर र १ हजार ३ सय ५० थान साबुन वितरण गरिएको छ । तमु ह्युल भोटेकोसी समितिको सरसफाई तथा सचेतना अभियानले कोरोना भाइरस रोकथाममा सहयोग पुर्याउने नेकपाका भोटेकोसी गाउँपालिका अध्यक्ष आङछिरी शेर्पाको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्