गीतकार तथा गायक मणिराज बस्नेतकाे लोक गीत ‘दुई दिने जिन्दगानीमा’ सार्वजनिक

काठमाडौं – गीतकार तथा गायक मणिराज बस्नेतकाे लोक गीत ‘दुई दिने जिन्दगानीमा’ सार्वजनिक भएकाे छ ।

मणि इन्टरटेनमेन्टकाे युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेकाे छ । गायक बस्नेतको गीतमा लेखन र स्वर रहेको छ । गीतमा तुलसी पराजुलीले भाका हालेका छन् । संगीत संयोजन राजु कार्कीले गरेका छन् ।

मेनुका बस्नेतको निर्माणमा तयार भएको गीतको भिडियोमा गायक बस्नेत लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन र सम्पादन विरन्द्र भाट ‘विपिन’ गरेका छन् भने मुकेश नेपालीको कोरियोग्राफी, महेश महराको छायांकन गरेका छन् ।

अमेरिकामा बस्दै आएका बस्नेत आत्मसन्तुष्टिका लागि गीतसंगीतका काम गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्