डेउडा : भाइटीकाकी बैनालाई निउतो !

दशै गइगै दुत्या आइगै हजारी फुलि गै ।
खबर छैन मेरि बैना काममा भुली है ।।

घर छैकी घरिना छैकी, रैबार नाइ आयो ।
सुकेरी छै मेरि बैना, परदेशी भाइ आयो ।।

यै पाली जस्यालै आए, घर ब्यवस्था गरि ।
बुढा इजा बुढा बाबा, खुशरन्ना मन भरी ।।

धान बाली मकै बाली, थन्केकी भकारी ।
घरपरिवार लालाबाला, कसाछन सुकारी ।।

जन गरे खर काट्दा हतार, गरे रहे फाम  ।
जति गर्या उत्तिकै हुदो, घरधन्दाको काम ।।

हजारीकि फुलभाडी, तेरा माइत्या माल ।
बैनाकि बुन्याकी माला, पर्खेछ यै साल ।।

दिन बार हेरि आए, माइत्या घर बैना ।
मगजकी पुरी भान्जी, हेर्दी होलि ऐना ।।

भानिजाकी तोते बोली, रिटन्छ आखामा ।
दिन रात गिन्ती गर्दै, भानिजिको मामा ।।

बारीकि सुन्तला दानी, असिनाले खायो ।
भाइबैनी छुट्टीन्या रित, कै पुर्खाले लायो ।।

यइ महिना पच्चिस पैट बाटाे हेरिरौला ।
जनमाणे चिन्ता बैना, आदिबाटाे आउला ।।

फेसबुकका गित मार्फत, रैबार पठाया ।
मेरि बैना जल्ती आए, यतिकै अटाया ।।

लेखक विष्णु जोशी “अँठाेला”  शैल्यशिखर ०७ दार्चुला, हाल शैल्यशिखर नगरपालिकामा सहायक चौथो पदमा कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्