त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।

नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएईले नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे । आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्