त्रिकोणात्मक टी–२०आई: नेपालले यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर युएई फाइनल पुगेको हो ।

नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्