त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको खेलमा नेपालले तीन विकेट गुमायो

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ । त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसमा नेपाल अहिले व्याटिङ गरिरहेको छ ।

नेपाललका लागि आशिफ सेख १२ बलमा ७ रन बनाउदैँ  पाँचाैँ ओभरकाे समाप्तीमा आउट भएका छन् । उनको विकेट युएईका आयन अब्जल खानले लिएका थिए । यसैगरी नेपाल कुशल मल्ल २ बलमा एक रनको योगदान गर्दै खेलबाट आउट भएका छन् उनलाई युएईका आयन अब्जल खानले आउट गराएका थिए ।

यसैगरी नेपालका कुशल भुर्तेल समेत अर्धसतकको योगदान गर्दै आउट भएका छन् । उनलाइ युएईका  जाहुर खानले आउट गराएका थिए ।

नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर युएई फाइनल पुगेको हो ।

नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्