शिशिर योगीले ल्याए “जनता रुवायो” बोलको गीत (भिडियो सहित)

काठमाडाैं – चर्चित गायक शिशिर योगीले जनता रुवायो बोलको गीत सार्वजनिक गरेका छन् । गोपालप्रसाद थपलियाको शब्द तथा बी बी अनुरागीको संगीत संयोजनामा गायक योगीले उक्त गीत सार्वजनिक गरेका हुन् । गोपाल प्रसाद थपलियाको आधिकारिक युट्युब च्यानलबाट उक्त गीतलाई हेर्न र सुन्न सकिनेछ ।

विरेन्द्र भाट विपिनले छायांकन तथा सम्पादन गरेको उक्त गीतको भिडियो वल्ड कभर मिडिया प्रा.लि.ले निर्माण गरेको छ । यज्ञमणी पौडेल र रीता थपलिया पौडेल निर्माता रहेको उक्त गीतको भिडियो देशमा व्याप्त भ्रष्टाचार, दलाली तथा महंगी विरुद्धको रहेको छ ।

देशको माया गर्नेलाई पाखा लगाउछौँ र भ्रष्टाचारी दलालको खाँडो जगाउछौँ भनि गीतमा सरकारलाई व्यंग गरेको छ । ठगी खाने राजनीतिले जनता रुवायो, मागी खाने कुटनीतिले देशै डुवायो भनि गीतलाई पूर्णता दिएका छन् ।

पछिल्लो समय राजनीतिक घटनापरिवेश तथा महंगीले जनताको ढाड सेकेको भन्दै थपलियाले गीतको परिकल्पना गरेका छन् । गीतमा सत्य कर्म गर्नेलाई किन कुल्चियौँ, न्याय सम्मान लोकतन्त्रमा किन विर्सियौँ भनि भावुक शब्द समावेश गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्