मधेश प्रदेशका मुख्यमन्त्रीले मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र नै असन्तुष्टि

काठमाडाैं – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र नै असन्तुष्टि बढेको छ ।

यसबिषयमा पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ । केही दिनअघि जनमत संसदीय दलका नेता मन्त्री रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय सरकारले फोडेर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र जनमतका नेता महेश प्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकी कार्यविभाजन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्