एमाले सुदूरपश्चिमको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले गराए ध्यानाकर्षण

काठमाडाैं – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद र सचिवका उम्मेदवार रतनराज रेग्मीले निर्वाचन प्रक्रियाबाट जान आवाज उठाएका छन । यसैगरी उपसचिवका उम्मेदवार नरबहादुर विकले पिन मतदानबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन् ।

उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसकेको अवस्थामा सहमतिको नाममा नामावलीमै नभएका व्यक्तिलाई समावेश गरिएको उल्लेख गर्दै उनीहरुले आपत्ति जनाएका छन् । एमाले नेताहरूले भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल गरिरहेका छन् । जसका कारण निर्वाचन प्रक्रिया लम्बिरहेको छ ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । त्यसैमा सहमति गराउने प्रयासमा नेताहरू लागेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्