बाजुरामा आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यु

सांकेतिक तस्विर

देबराज पाध्याय
बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ अगाउपानि घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जनकारी दिए ।
बुधबार दिउसो बालिका घरमा खेलीरहेको समयमा घरको गोठमा राखिएको परालमा आग्लागी हुदा बालिकाको मृत्यू भएको बुझिएको रोकायाले जानकारी दिएका छन् ।
आगो स्थानिय मानिसको सहयोगमा नियन्त्रण गरिएको बताईएको छ । बुढिनन्दा प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेर घटनाको बिबरण संकलन गरिरहेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरिक्षक दानबाहादुर रोकायाको कमाण्डमा टोली हिडीरहेको छ । घटना के कति कारणले भएको टोली पुगिसकेपछि बुझिने प्रहरी ले बताएको छ ।
बालिको लास पोष्टमाटमाको लागि बुधबार रातिनै जिल्ला अस्पताल बाजुरामा ल्याएको बुझिएको छ । लासको आज पोष्टमाटम गरिने जिल्ला अस्पतालले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्