सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको हैन, सांसदहरुको तलब काट्न गगन थापाको आग्रह

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन् ।

बिहिबार सामाजिक संजाल ट्वीटरमा थापाले लेखेका छन्, ‘महासंकटको यो घडीमा, हामी सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको तलवभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनोेबल बढाउने प्रयास गरौं,’

राहत कोषमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र सांसदको पनि पारिश्रमिक काट्ने यसअघि नै निर्णय भइसकेको छ । स्थानीय तहमा पनि जनप्रतिनिधिको तलव वा भत्ता सुविधा राहत कोषमा संकलन गर्ने निर्णयहरू भइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्