बाल–बालिकाहरूको लागि निःशुल्क डिजिटल ‘नेपाली वर्णमाला’ एप सार्वजनिक

काठमाडाैँ – कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ ।

यो एपमा बाल—बालिकाहरूको लागि जनचेतनामूलक कोरोनाभाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो बाल—बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने छ ।

नेपाली वर्णमाल एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइओ विक्कि महतले जानकारी दिए । यो एप प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जनवर्ण, नेपाली स्वरवर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनी दर्शन समावेश गरिएको छ ।

फेस्ट कम्पनीले विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको संस्थापक पवन भट्टले जानकारीे दिए । फेस्टले निरन्तर सामाजिक क्षेत्रमा जनचेतनामूलक रुपमा पनि काम गरिरहेका जय भाटले जानकारी दिए ।

डाउनलोड गर्न तल क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details?id=com.fest.barnamala&fbclid=IwAR1ph6WW4ljlcEPaMq3faJLGXohQ8Z1BK9C9MCYxPWeESvcBxOFby7wFHcc

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्