कैलाली र कञ्चनपुरमा संकलन गरिएको ६६ नमुनाको रिपोर्ट नेगेटिभ

काठमाडौं – कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । धनगढी ५ मा स्थानीय संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याइएको थियो ।

त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्