क्षेत्रीय क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सुशील सुवेदी
सिन्धुपाल्चोक – पुर्व कानुन मन्त्री तथा सिन्धुपालचोक क्षेत्र नम्बर २ का संघीय सांसद शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । बिहिबार जिल्लामा रहेको तीनै वटा क्षेत्रिय क्वारेन्टाईन लाई पीपीए सेट, स्यानिटाईजर, माक्स, ग्लोब्सलगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

ग्रामिण महिला सिर्जनशील परिवारमा रहेको क्षेत्रिय क्वारेन्टाईनमा जिल्ला समन्वय समितिका प्रमुख सहित क्वारेन्टाईन ब्यवस्थापन समितिको संयोजक तथा वाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पालाई समाग्री हस्तान्तरण गरिएको हो । त्यस्तै क्षेत्रिय क्वारेन्टाईन चौताराको लागि जिल्ला विपद् ब्यवस्थापन समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी मार्फत क्षेत्रिय क्वारेन्टाईन ब्यवस्थापन प्रमुख तथा चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमानसिंङ तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा पनि आजै उक्त सामाग्री हस्तान्तरण गरिने सांसद तामाङले जानकारी दिए । एक हजार पाँच सय माक्स, एक सय थान सेनिटाईजर, पन्ध्र सेट पीपीए, तीन हजार ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्