जनताकाे शान्ति सुरक्षाकालागि प्रतिबद्ध छु, १ महिना भित्र केहि धेरै सुधार हुन्छ : डीएसपी शाह

बझाङ –  बझाङ जिल्लामा केहि हप्ता अगाडि आएका प्रहरि नायब निरीक्षक भरत बहादुर शाहले आज पत्रकारहरु संग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् ।

जिल्लाको प्रहरी प्रमुखका रुपमा केहि दिन अगाडी मात्र काठमाडौंको टेकुबाट सरुवा भएर आएका शाहले पत्रकारहरुसॅग छलफल तथा बझाङको सुरक्षासॅग जोडिएका विषयमा छलफल गरेका हुन् । उनले कार्यक्रममा बझाङ जिल्लामा घटेका घटनाहरु हेर्दा अधिकांस घटनाहरु मदिराको कारणले भएको घटेकोले मदिरालाई नियन्त्रण गर्न लागिपर्ने बताए ।

जिल्लामा आफ्नो पहिलो काम जनताको शान्ति सुरक्षा साथै चैनपुर बजार भित्रको लोकल मदिरा लाई सके सम्म नियन्त्रण गर्ने प्रयास गर्ने र घरेलु मदिरा र बाहिरी बाट आउने कमसल मदिरा नियन्त्रण गर्न सके बझाङ जिल्लामा धेरै घटना न्युनिकरण हुने उनको भनाइ थियो । आफुले मात्र एक्लै लागेर नहुने र  प्रहरी, पत्रकार र सबै नागरिकहरुले साथ सहयोग दिनु पर्ने बताए ।

आफू बझाङ जिल्लामा तेस्रो पटक आएको कारण अपराधी कुनै पनि उम्किन नदिने समेत शाहाको भनाइ रहेको थियो । आफुले एक महिनाको अवधिमा जिल्लाको शान्ति सुरक्षामा केही फरक बनाउने उनको भनाइ रहेको थियो।उक्त परिचयात्मक कार्यक्रममा पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द रोकाया र संस्थापक अध्यक्ष जगत खड्काले जिल्लाको समस्या र चुनौतीहरुको बारेमा जानकारी दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्