नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु

सांकेतिक तस्विर

काठमाडौँ – नारायणी नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

‘नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्,’ उनले भने। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्