बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जनाको अवस्था गम्भीर

सांकेतिक तस्बिर

बझाङ – बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकि सात बर्षिया छोरी सन्जिला कडायतको जंगलमा पाइने विषालु च्याउ खाँदा उहाको मूत्यु भएको हो। बुधबार बेलुका जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा जयपृथ्वी नगरपालिका वडा नं ६का स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामी भएका हुन ।

बिषालु च्याउ खाँदा गम्भीर भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल सिमखेतमा ल्याएको थियो । उनको अवस्था गम्भीर रहेकाले जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि क्षेत्रिय अस्पताल डडेल्धुरामा रिफर गरिएको थियो ।तर सन्जिलाको बिच बाटोमै ज्यान गएको छ । लक्ष्मण कठाएतका ११वर्षिय छोरा सुदिपलाई भने आज विहिबार मात्र उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याइएको थियो ।तर उनको पनि अवस्था गम्भिर भएकाले थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । कडायतकि श्रीमति पुनी कठाएतलाई भने उपचार पछि घर पठाइएको जयपृथ्वी नगरपालिका ६ वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्