जयपृथ्वी नगरपालिका -१ मा भैंसी पुर्णिमा सम्पन्न

बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर १देखि ७वडाका बासिन्दाले धार्मिक तथा पर्यटकिय स्थल बेताल मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन् । जयपृथ्वी नगरपालिका वडा नं १को वडा कार्यालय नजिकै रहेको साविक को दुइ नम्बरमा अवस्थित बेताल मन्दिरमा बेताल देवतालाई आआफ्नो तर्फबाट दान, भेटी र बली दिएर भैंसी पूर्णीमा मनाएका छन ।

यस पर्वलाई यहाँका बासिन्दा भैंसीको पूजा गर्ने दिनका रुपमा सम्झने भएकाले भैंसी पूर्णिमा भनिएको मन्दिरका पूजारी कलक खड्काले बताउनुभयो । उहाँका अनुसार परापूर्वकालमा देखि नै यस मन्दिरमा गोठालाले लेकबाट लड्डि ल्याएर मन्दिर मा चडाएर रातभर देउडा खेल लगाउने गरेका हुछन । यस दिन बेताल मन्दिरमा पूजा गर्दा बेताल देवताले प्रसन्न भइ यहाँका स्थानीयका भैंसी फल्ने धार्मिक विश्वास रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्