उहाँले भन्नुभयो, ‘अब म जिम्बाबे निर्वाचन आयोगको अध्यक्ष प्रिस्किला मकान्यारा चिगुम्बा, धारा ११० को उपदफा ३ को शर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाबे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ ।’

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताउनु भयो । जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए । जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।