जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले बिरोध जनाएका छन् ।

शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए । उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए ।

त्यस्तै भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरु अझैपनि आणविक प्रदुषणसँग जुधिरहेको बताउनु भयो । उहाँले मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ ।

कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नजेताहरु र विश्वका सबै देशहरुले आफूहरुको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानले गत बिहीवार १ बजेबाट फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।