ब्रिक्स देशहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका निभएको भन्दै विद्वानहरु प्रशंसा गरेका छन् ।

इस्ताम्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरुले निभाएको भुमिकाका कारण अहिले केही अन्य देशहरु पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताउनु भयो । ब्रिक्स देशहरुले विश्वको जनसंख्याको ४० प्रतिशत भन्दा बढी र विश्वव्यापी कुल आर्थिक उत्पादनको २० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ । अब यसको प्रमुख काम सदस्यता बिस्तारमा लाग्नुपर्ने बताउनु भयो । अहिले ४० भन्दा बढी देशहरु ब्रिक्स सदस्य बन्न प्रयास गरिरहेका छन् ।
उहाँले भन्नुभयो, ‘हामी संसारको उदाउँदै गरेको अर्थतन्त्र, अमेरिकी अधिपत्यको बिरोध गर्ने देशहरु, ब्रिक्सको वरिपरि एकतावद्ध भइरहेको देख्छौँ र संगठन बिसरतै अकार्षणको केन्द्र बनिरहेको छ ।’

उहाँले ब्रिक्समा चीन पनि सम्मिलित भएकाले ब्रिक्सलाई अझ शक्तिशाली बनाएको बताउनु भयो ।