इन्धनको मूल्यमा तिब्र वृद्धि भएपछि सबै कर्मचारीहरुको तलव बढाउन सिरियाली सरकारको आदेश

सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिनुभएको छ ।

मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव बढाउन आदेश दिनुभएको हो । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुको लागि सन् २०११ पछि नवौं पटक तलव वृद्धि भएको हो । अहिले देशको आर्थिक अवस्था संकटमा छ ।

यो निर्णय हुनुअघि निजामति कर्मचारीको मासिक तलव १० देखि १५ अभेकिरी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ । इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रुहरु अलपत्र परेका थिए ।

इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्