इजिप्टमा गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता

इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको लागि ५ वर्षको सम्झौता गरेको हो । दुई देशको सम्बन्ध र विकास प्रवद्र्धन एवं खाद्य सुरक्षा प्रवद्र्धनमा सम्झौताले सहयोग पुग्ने बताइएको छ । इजिप्टमा पाँच महिनाको खपतका लागि पर्याप्त गहुँको भण्डार रहेको र खाद्य सुरक्षा कायम गर्न राज्यको प्रयास र स्थानीय बजारको आवश्यकतालाई यसले पूरा गर्ने विश्वास छ । हस्ताक्षर समारोहमा इजिप्टका अर्थमन्त्री मोहम्मद माइतले इजिप्टले सामाजिक र आर्थिक विकास गर्न, नागरिकको जनजीविका सहज बनाउन, जनताको जीवनस्तरमा सुधार गर्नका साथै मुद्रास्फितिको प्रभावलाई कम गर्न एडीएफडीसँग थप सहयोगको हात अघि बढाएको बताउनु भयो । विश्वकै ठूलो गहुँ आयातकर्ता इजिप्ट रुस—युक्रेन युद्धका कारण आपूर्ति बन्द हुँदा र मूल्यवृद्धिका कारण चिन्तित छ । इजिप्टमा वार्षिक गहुँको खपत १ करोड ८० लाख टन छ भने त्यसको दुई तिहाई आयात गर्दछ  ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्