विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा रहेको ‘मादल’ तीजको गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौं – विरेन्द्र भाट विपिनको निर्देशनमा रहेको ‘मादल’ तीजको गीत सार्वजनिक भएको छ । वल्ड कभर मिडियाको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । नवराज पाण्डे र सरीता दान्कुटीको अभिनयमा रहको उक्त गीतलाई निर्देशक भाटले नै सम्पादन गरेका छन भने लाकेश भाटले पनि सम्पादनमा सहयोग गरेका छन् ।

विवेक अर्यालको लय शब्द तथा राधिका हमाल र विवेक अर्यालको स्वरमा रहेको मादल गीतमा सुरेश शाहीले संगीत संंयोजन गरेको छ । कृष्ण पुनले मिक्सिङ गरेको उक्त गीतलाई विजय बुढा मगरले रेकडिष्टमा सहयोग गरेका छन् भने म्यूजिक बैंक नेपालको स्टुडियोमा गीत रेकर्ड गरिएको छ ।

वल्ड कभर मिडिया प्रा.लि. ले दृश्य निर्माण गरेको उक्त भिडियो छोटो समयमा धेरैले रुचाएको भिडियो मध्येको एक हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्