मुम्बईको एक अस्पतालमा २६ नर्स र ३ जना डाक्टरहरुमा कोरोना भाइरस संक्रमण

काठमाडौँ – भारतको मुम्बईको एक अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको पुष्टि भएको छ ।
नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ ।

बृहतमुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ ।

मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ । ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको उपचारमा संलग्न दुई नर्सलाई पछि कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ । पछिल्लो समय महाराष्ट्र कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्