नुवाकोटमा कोरोनाको आशंकामा एक युवतीलाई अस्पताल पठाइयो

नुवाकोट – नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी एक युवतीलाई कोरोनाको आशंकामा अस्पताल पठाइएको छ ।

गत चैत १० गते काठमाडौंबाट आएकी दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ की २८ वर्षीया युवतीलाई ज्वरो, रुघाखोकी तथा श्वास प्रश्वासमा समस्या देखिएपछि कोरोनाको आशंकामा आइतबार त्रिशूली अस्पतालमा पठाइएको हो । उनको उपचार प्रक्रिया चलिरहेको गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकामा ४१ क्वारेन्टाइन बेड तयार भएका छन् । स्थानीयलाई कोभिड १९ संक्रमणको सम्भावित जोखिमबाट सुरक्षित राख्न ४१ वटा क्वारेन्टाइन बेड तयार पारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गाउँपालिकामा विदेशबाट फर्किएका १३ जनालाई स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा आआफ्नै घरको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

साथै कोरोना संक्रमणबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको लागत संकलन गरी राहतको व्यवस्था गर्नुका साथै गाउँपालिकामा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्