लकडाउनमा मदिरा ओसारपसार गर्ने पक्राउ

सुशील सुवेदी

सिन्धुपाल्चोक – कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उल्लघंन गरि मदिरा ओसारपसार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बाह्रविसेमा जाँचको क्रममा वा ११ च ५३८१ न.को बोलेरोमा खाद्यान्नका सामानहरुमा लुकाई छिपाई ओसारपसार गर्न लागेको मदिरासहित सामान धनी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ४ सय ५० क्वाटर रोज नामको मदिरा र ४८ क्वाटर गोल्डेन ओक नामको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्