मैले मध्यावधी चुनाव हुनुपर्छ भनेकै छैनः प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनु पर्ने माग आफूले नगरेको बताएका छन् ।

प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा महतले मध्यावधि चुनाव गर्न माग गरेको उल्लेख गर्दै रिपोर्टस नेपाल डटकमले अब मध्यावधि चुनाव हुनुपर्छः डा महत। हेडलाइनको समाचार लेखेको थियो ।

आफूले बोल्दै नबोलेको कुरालाई राखेर समाचार लेखिएको भन्दै महतले आइतबार विज्ञप्ति निकालेका छन् ।

‘अन्तर्वार्ताका क्रममा मैले कोरोनासंक्रमण सकिएपछि कस्ता–कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ ।’

उनले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको भन्दै अफवाहका पछाडि नलाग्न र सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्