भारतमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ३७ पुग्यो, १ सय ९ जनाले ज्यान गुमाए

नयादिल्ली – भारतमा दिनदिनै कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । संक्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ तारिख देखि लक डाउन घोषणा गरे पनि संक्रमणको दर भने रोकिएको छैन ।

आइतबारसम्म भारतमा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ सय ९ जनाले ज्यान गुमाएको द हिन्दुले जनाएको छ ।

भारतका दक्षिणी राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ । महाराष्ट्रमा सबैभन्दा धेरै ६३५ जनामा संक्रमण देखिएको छ भने तमिलनाडुमा ४ सय ८५ जनामा कोरोना संक्रमण भएको छ ।

नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा २३४ बिरामी भेटिएका छन् भने बिहारमा ३१, पश्चिम बंगालमा ६३ र उत्तराखण्डमा १६ जनालाई संक्रमण देखिएको छ । पछिल्लो समय नयाँदिल्लीको एक मस्जिदमा भेला भएका धेरैमा कोरोना भाइरस देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्