वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माइत रमाइलो’ सार्वजनिक

काठमाडाैं  – वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माइत रमाइलो’ सार्वजनिक भएको छ । देवी पराजुलीको शब्द रचना रहेको गीतको भिडियो काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच सार्वजनिक गरिएको हो ।

गीतमा लय संङगीत स्रयोजन राम कार्कीले गरेको छ ।यसैगरी गितमा बिन्दु परियार र राम कार्की ले स्वर दिएकी छिन् । यस्तै कृष्ण पुनले मिक्सिङ गरेका छन् ।

पर्शु बस्नेत, अनिशा न्यौपाने, दिना सैजु, रुश्मा श्रेष्ठ, दीक्षा अधिकारी, अस्मिता खत्री, सोनिका लामा, कञ्चन न्यौपाने, सफलता बरालले अभिनय गरेका छन् । महेश महराले छायांकन गरेका छन् भने मुकेश नेपालले कोरियोग्राफिमा सहयोग गरेका छन् । नजिकिदैँ गरेको तीज गितमा छोरी चेलीले माइतीलाई गर्ने मायालाई गीतमा समावेश गरिएको छ । भिडियोलाइ देवी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्