बैतडीको पुर्चाैडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, अन्य तीन जनाको जिवितै उद्दार

File Photo

काठमाडौं – बैतडीमा पहिरोले पुरिएर आमाछोराको मृत्यु भएको छ । हिजो राति करिब दुइ/तीन बजेतिर जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा मृतक अञ्जुका सासुआमा राइमति जागरी, देवर गोबरे जागरी र सोही घरमा पाहुना बस्न आएकी छिमेकी जस्मा बोहरा पनि घाइते भएको वडाअध्यक्ष  चक्र बहादुर बमले बताउनुभयो ।  घरमा पूर्ण क्षति पुगेको र करिब एक दर्जन चौपाया समेत मरेका छन् ।

घटनास्थल वडा कार्यालयबाट दुइ किलोमिटरको दुरीमा पर्छ । घटना भएको दुइ तले घरमा पूर्ण क्षति भएको छ ।

पुर्चाैडी नगरपालिकादेखि लामाचाैरसम्म जोड्ने कच्ची सडक भाँसिदा उक्त पहिरो गएको हो । अविरल बर्षाका कारण सडकमा पानी जम्मा भएर पहिरो गएको देखिन्छ । नजिककै अर्को घरमा माथिमा ढु‌गा गएर गाैरे भण्डारीको घरमा क्षति भएको छ । घाइतेहरु हाट स्वास्थ चाैकिमा उपचारका लागि लगिएको छ । घाइतेहरुलाइ विहान सात बजेतिर स्थानीयहरुले उद्दार गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्