चौरजहारी नगरपालिकाद्वारा ५ सय बढी विपन्न परिवारलाई खाद्यान्न वितरण

ज्ञानु गाैतम

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले दैनिक मजदुरी गर्ने करिब ५ सय बढि विपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ ।

लकडाउनको समयभित्र अत्यावश्यक दैनिक सामग्री जोहो गर्न नसक्ने, ज्याला मजदुरी गरि परिवार चलाइ रहेका निम्न आर्थिक अवस्था भएका, अपाङ्ग परिवारहरुको पहिचान गरि खाद्यान वितरण गरिएको हो । लकडाउनको समयावधिलाई मध्यनजर गर्दै नगरपालिका भित्रका वडा न १ देखि १४ वडाका करिब ५ सय १२ बिपन्न घरवरिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको हो । परिवार सङ्ख्याको आधारमा चामल, दाल, नुन, तेल, चिनि, चिया पत्ति, साबुन वितरण गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए ।

लकडाउनको अवधीभर पुग्ने गरी चौरजहारी नगरपालिका भित्रका सबै वडाका विपन्न परिवाहरुलाई खाद्यान वितरण गरिने नगर प्रमुख शर्माको भनाई छ । लकडाउनको कारण समस्यामा परेका अतिविपन्न, ज्यालादारीमा काम गर्ने मजदुर, असहाय, एकल महिलाहरुलाई वडा कार्यलय बाट पहिचान गरि वडा कार्यलयको सूचनाका आधारमा नगरपालिकाले खाद्यान्न वितरण गरेको हो । वडा बाट आएका सङ्ख्यालाई नगर स्तरीय आपूर्ति व्यवस्थापन समितिले छनोट गरि खाद्यान्न वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्