सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको परीक्षण सुरु

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरस (कोभिड(१९) को परीक्षण सुरु भएको छ ।

कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटीपीसीआर जडान कार्य पूरा भएपछि बिहीबारदेखि प्रयोगशाला जाँच सेवा सुरु भएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानपछि परीक्षण सुरु भएको अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बताए । उनका अनुसार एउटा नमूनाको रिपोर्ट आउन करिब साढे एक घण्टा लाग्ने बताए ।
पहिले कोभिड–१९ को ननूना संकलन गरी काठमाडौं पठाउने गरिएको र त्यसको रिपोर्ट आउन एक साता लाग्ने गरेकोमा अब छिटो हुने भएको छ ।

अनलाइनबाट साभार 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्