CORONA

उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने सरकारको निर्णय

काठमाडौं – सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

‘उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउन दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।

अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्