सुनको भाउ आज फेरि बढेर अहिलेसम्मकै महँगो

काठमाडाैं– हिजो पनि सुनको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको मूल्य आज फेरि बढेर अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्