तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडाैं – केहिदिनदेखि देशभर गर्मी बढेको छ । माैसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । गएको सोमवार र मंगलवार काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको हाराहारीमा थियो । हिजो ३२ दशमलव २ डिग्री सेल्सियसमा पुगेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा त्यो भन्दापनि बढि पुगेकाे छ ।

तापक्रम बढिरहेकाले तराईका जिल्लामा तातो हावा चल्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् । तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान रहेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकुल असर पु¥याउन सक्ने भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परे  छाता ओढ्न विज्ञको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्