सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले विपन्न बर्गलाइ खाद्यान्न उपलब्ध गराउने

सुशील सुवेदी
सिन्धुपाल्चोक – जिल्ला बासीले लकडाउनको पूर्ण पालना गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पुर्ण जिल्ला बासीमा धन्यवाद दिदै आगामी अवधी सम्म पनि लकडाउनको पालना गर्नुहुन अनुरोध गरेको छ ।

नेपाल सरकारको आदेशलाइ पालना गरि सञ्चार संवाद मार्फत आज बसेको बैठकले अन्य जिल्लाहरुबाट ज्याला मजदुरी गर्न आएका श्रमिकहरुलाइ खाद्यान्न उपलब्ध गराउने भएको हो ।

श्रमिकको समस्यालाइ मध्य नगर गदै सम्बन्धित वडा बाट तथ्याङ्क संकलन गरि पालिका बाट आएको सिफारिसको आधारमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए ।

साथै जिल्लामा बन्न लागेको क्षेत्रिय स्तरको क्वारेन्टाइनमा आवश्यक पर्ने खाद्यान्न समेत जिल्ला समन्वय समितिले समन्वय र सहकार्य गरि उपलब्ध गराउने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सुचना निकालेर जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्