कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार कोषलाई नेपाल टेलिकमको १२ करोड सहयोग

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले कारोना रोकथाम तथा नियन्त्रण कोषलाई १२ करोड रुपैयाँ सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा कम्पनीले उक्त सहयोग गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गरेको जानकारी दिए । ‘हामीले आजै प्रधानमन्त्री कार्यालयका सचिव ज्यूलाई सहयोग रकम हस्तान्तरण गरिसकेका छौँ,’ उनले भने ।

सहयोग रकम मध्ये दुई करोड रुपैयाँ टेलिकमका कर्मचारीको तलवबाट कट्टा गरिनेछ भने बाँकी १० करोड कम्पनीकै खाताबाट सरकारी कोषमा जानेछ । केही दिन अघि निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो ।

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समेत कोभिड–१९ रोकथामकका लागि १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय बुधबार नै गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्