केहि दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्छः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्ने बताएका छन् ।

डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै मास्कको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकअनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९ लाख ३७ हजार ५६७ पुगेको छ भने ४७ हजार २ सय ५६ भन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसंख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरू उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

टेड्रस एड्हानोम गेहब्रेयससले भने, ’आउँदा केही दिनमा संक्रमण पुष्टि हुनेको संख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ । यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ ।’

यसैबीच डब्लुएचओ, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन् ।

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्