क्याप्टेन दिपेन्द्र खत्रीको स्वास्थ्य अवस्थामा सुधार हुदैँ, भारतको आर्मी अस्पतालमा उपचार हुदैँ

काठमाडाैं – नेपाली सेनाको सहायक सेनानी (क्याप्टेन) दिपेन्द्र सिँह खत्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । सगरमाथा आरोहण गरि फर्किने क्रममा अस्वस्थ भई लडेर घाइते भएका क्याप्टेन दिपेन्द्रलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याई सिबेक अस्पतालमा उपचार गरेको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई भिष्टारा वायु सेवा निगमबाट भारतको दिल्ली धौला कैनमा रहेको आर एण्ड आर आर्मी अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ पुगेपछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको क्याप्टेन दिपेन्द्रको परिवार स्रोतले बताएको छ ।

नयाँ गोरख गणमा कार्यरत रहेका क्याप्टेन खत्रीले २०८० जेष्ठ १ गते सोमबार १० बजेर ५ मिनटमा बिश्वको सर्बोच्च शिखरको आरोहण गरेका थिए । दार्चुला जिल्लाबाट प्रथम आरोहि समेत रहेको खत्री सगरमाथा सफाइ सहितको कार्यक्रम लिएर सगरमाथा तिर गएका थिए । कर्णेल सहित पाँच जना सैनिक अधिकृत र पाच जना सेर्पा गाइड सहित दस जनाको टोलि सगरमाथामा पुगेको थियो ।

सगरमाथा आरोहण पछि तल झर्दै गर्दा मौसम खराब हुन पुग्यो । उनी साउथ पोलबाट राती ओर्लिदै ८,७४९ मिटरमा राती १२ बजे तिर उनको स्वास्थ्य अवस्था खराब भइ लड्न पुगे । अरु आरोहीहरु उनलाइ छोडेर तल चार नम्बर बेस क्याम्परमा फर्किए । पछि चार नम्बर बेस क्यामबाट सेर्पा गाइडहरु उनी लडेको स्थानमा अर्को दिन २ गते गएर दिउँसो ३ बजे तिर उनलाइ बेहोस अवस्थामा भेटाए र ७९५० मिटर तल क्याम्प नम्बर चारमा उनलाइ सेर्पा गाइडहरुले बोकेर पुर्याएका थिए ।

उनको हात, खुट्टा, कान आदि अंग चिसोले समस्या पारेको थिए भने स्वास्थ्य चिसोले बिग्री रहेको थियो । सहायक सेनानी सगरमाथा आरोही खत्रीले आफ्नो स्वास्थ्यको प्रवाह नगरी विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर आफू कार्यरत नेपालि सेनाको गौरब बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्