क्याप्टेन दिपेन्द्रको स्वास्थ्य अवस्थाबारे संसदमा बडूकाे आवाज, भारतमा उपचारको लागि माग

काठमाडाैं – सगरमाथा आरोही नेपाली सेनाका क्याप्टेन दिपेन्द्र खत्रीको स्वास्थ्य अवस्थाबारे संसदमा आवाज उठेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सगरमाथा आरोही दिपेन्द्र खत्रीको स्वास्थ्य अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । आरोहण सफल गरी फर्किने बेलामा स्वास्थ्य अवस्थामा समस्या आई लडेर घाइते भएका क्याप्टेन खत्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । अहिले सिबेक अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेकोले भारत लगायत अन्य सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्न समेत सांसद बडूले रक्षा मन्त्रालय लगायत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

हाल नयाँ गोरख गणमा सह सेनानी (क्याप्टेन) पदमा कार्यरत रहेका आरोही खत्री राष्ट्रको सेवा गर्दैमा छन् । नेपाली सेनाका कर्णेल सहित पाँच जना सैनिक अधिकृत र पाच जना सेर्पा गाइड सहित दस जनाको टोलि सगरमाथामा पुगेको थियो। नेपाली सेनाले हिमाल सफाइ कार्यक्रम सन्चालन गरेको थियो र सोही अन्तर्गत उनीहरुले सगरमाथा सफाइ सहितको कार्यक्रम लिएर सगरमाथा तिर गएका थिए।
दार्चुला जिल्लाबाट प्रथम आरोहि खत्रीले २०८०जेष्ठ १गते (May -15 -2023) सोमबार १० बजेर ५ मिनटमा बिश्वको सर्बोच्च शिखरको आरोहण गरेका हुन।

सगरमाथा आरोहण पछि तल झर्दै गर्दा मौसम खराब हुन पुग्यो । उनी साउथ पोलबाट राती ओर्लिदै ८,७४९ मिटरमा राती १२ बजे तिर उनको स्वास्थ्य अवस्था खराब भइ लड्न पुगे । अरु आरोहीहरु उनलाइ छोडेर तल चार नम्बर बेस क्याम्परमा फर्किए। पछि चार नम्बर बेस क्यामबाट सेर्पा गाइडहरु उनी लडेको स्थानमा अर्को दिन २ गते गएर दिउँसो ३ बजे तिर उनलाइ बेहोस अवस्थामा भेटाए र ७९५० मिटर तल क्याम्प नम्बर चारमा उनलाइ सेर्पा गाइडहरुले बोकेर पुर्याए ।

उनको हात, खुट्टा, कान आदि अंग चिसोले समस्या पारेको थिए भने स्वास्थ्य चिसोले बिग्री रहेको थियो। उनलाइ सेर्पा गाइडले आफ्नो अक्सिजन सहित प्राथमिक उपचार गर्यो। पछि जेठ ३ गते उनीलगायत उनको टिमलाई सेनाको हेलिकप्टरले उद्दार गरि काठमाडौ ल्याइएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्